
एपिएफलाई महिला कबड्डी उपाधि
काठमाण्डौ । २०औँ राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल एपिएफ क्लबले जितेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको फाइनलमा एपिएफले विभागीय प्रतिस्पर्धी नेपाल आर्मी क्लबलाई २८–२२ ले हरायो ।
अखिल नेपाल कबड्डी सङ्घको आयोजनामा भएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र नेपाल प्रहरी तेस्रो भयो । शीर्ष तीनमा रहने क्रमश: २ लाख, १ लाख र ५०र५० हजार रुपियाँ पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगितामा प्रहरीकी मानमति विष्ट उत्कृष्ट रेडर र एपिएफकी जयन्ती बडू उत्कृष्ट डिफेन्डर घोषित हुनुभयो । तीनदिने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टोलीको सहभागिता रहेको थियो ।