
समसामयिक राजनीतिक विषयमा छलफल गर्न एमाले सचिवालय बैठक सुरु
काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ। बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा सुरु भएको हो।
आज बस्ने सचिवालयको २६ औँ बैठकले समसामयिक राजनीतिक विषय र पार्टी संगठनात्मक कामका विभिन्न विषयमा निर्णय गर्ने नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो।