काभ्रे बेथानचोकको गोरखनाथ सामुदायिक वनमा डढेलो

काठमाण्डौ । काभ्रेको दक्षिणी क्षेत्र बेथानचोक गाउँपालिका–३ बोल्देमा रहेको गोरखनाथ सामुदायिक वनमा गएरातिदेखि डढेलो लागेको छ ।

वनमा राति ११ बजेदेखि लागेको डढेलो नियन्त्रणका लागि आज बिहानैदेखि प्रहरी, स्थानीय जनप्रनितिनिधि, वन उपभोक्ता समितिका पदाधिकारी तथा स्थानीयवासीले प्रयास गरिरहेका छन् ।

आगलागी भएको क्षेत्रबाट मानवबस्ती झन्डै एक किलोमिटर मात्र टाढा रहेको र थलीडाँडा र हर्कभञ्ज्याङमा लगिएको खानेपानी आयोजना जोखिममा रहेको बेथानचोक गाउँपालिका–३ का वडाध्यक्ष कुबेर ढकालले बताउनुभयो ।

यसअघि गएको माघमा यही क्षेत्रको महाभारत पर्वतशृङ्खलाअन्तर्गत खानीखोला गाउँपालिका–१ मा रहेको थामलेखडाँडाको महाभारत जङ्गलमा लागेको डढेलो ४ दिनपछि हेलिकप्टरमार्फत पानी हालेर निभाइएको थियो ।