
परिस्थिति ठीक बनाउन नसकेसम्म योजनाबद्ध ढङ्गले लाग्छौँ : प्रधानमन्त्री ओली
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले परिस्थिति ठीक बनाउन नसकेसम्म योजनाबद्ध ढङ्गले लाग्ने बताउनुभएको छ ।
नेपाल उद्योग परिसङ्घले आयोजना गरेको महिला नेतृत्व शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले योजनाबद्ध सक्रियता र धैयर्तापूर्वक अघि बढिरहेको बताउनुभयो । उहाँले आशावादीताका साथ अघि बढ्दा र योजनासहित अघि बढ्दा असम्भव केही पनि नहुने जिकिर गर्नुभयो ।
सरकार भ्रष्टाचार नियन्त्रण र अन्त्य गर्नका लागि सङ्कल्पका साथ अघि बढिरहेको भन्दै प्रधानमन्त्री ओलीले नेपालमा अहिले झुटको खेती धेरै हुने गरेको उल्लेन गर्नुभयो । लोकतन्त्र एउटा राजमार्ग भएको र राजमार्गमा ब्याक गेयर नलगाइने भन्दै निरन्तर अघि बढ्ने उहाँले बताउनुभयो ।
यस्तै कार्यक्रममा प्रधानमन्त्री ओलीले महिला र पुरुषको समान सहभागिताबाट समाजका सबै क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन आवश्यक भएको पनि बताउनुभयो ।