मदन भण्डारी मेमोरियल कलेजको खेलकुद सप्ताह आजदेखि सुरु

काठमाण्डौं । मदन भण्डारी मेमोरियल कजेलको खेदकुद सप्ताह आजदेखि सुरुभएको छ । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष धुब्र आचार्यको प्रमुख आतिथ्यतामा खेलकुद सप्ताह सुरु भएको हो ।

May be an image of 7 people, dais and text that says '(Affiliated to Tribhuvan handari Memorial University College niversity Grants Commission (UIGC) Nepal, ports Week (20 ard, Shine bright, Win Hearts! Tennis Chair /TBE ИTBE-22/076-077'

खेलकुद सप्ताहको उद्घाटन गर्दै परिषद्का उपाध्यक्ष धुब्र आचार्यले जिवनका लागि खेलकुद भएकले खेलकुदलाई उतिरिक्त क्रियाकलापमा नभई जिवनको अभिन्न अंगका रुपमा लैजानु पर्ने बताउनु भयो । उहाँले खेलकुदका कार्यक्रमले आर्थिक, सामाजिक, राजनैतिक, नैतिक सबै क्षेत्रमा प्रभाव पार्ने भएकाले खेलकुदलाई सानो परिभाषामा राख्न नहुने बताउनु भयो ।

May be an image of 7 people and text

कार्यक्रका सभाध्यक्ष मदन भण्डारी मेमोरियल कलेजका कार्यावाहक व्यवस्थापन समिती अध्यक्ष रामशरण प्याकुरेलले सबै सहभागीलाई शुभकामना दिदैं खेलकुदले अनुशासित हुन सिकाउने बताउनु भयो ।

May be an image of 5 people and text

उद्घाटन सत्रमा बोल्दै क्याम्पस प्रमुख डा. बाबुराम अधिकारीले खेलकुदका माध्यमबाट विद्यार्थीहरुलाई शारीरिक र मानसिक स्वास्थ्य दुवैमा सक्रिय रहन प्रोत्साहित गर्ने र वार्षिक क्यालेन्डरअनुसार नियमित कार्यक्रहरु सञ्चालन गर्ने उहाँले बताउनुभयो । उहाँले विद्यार्थीहरुको विभिन्न प्रतिभालाई प्रस्फुटन गर्ने उद्धेश्यका साथ खेलकुद कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । जिल्लास्तरीय, प्रादेशीक, राष्ट्रिय एवम् अन्तराष्ट्रियस्तरमै खेलाडीकारुपमा उदीयामान भई कलेजको उच्च शान कायम राख्न पनि उहाँले शुभकामना दिनुभयो ।

May be an image of 5 people, temple, crowd and text

विद्यार्थीहरुलाई पठनपाठनमा बाहेक अतिरिक्त क्रियाकलापमा पनि सक्रिय बनाउने उद्धेश्यले प्रतियोगीताको आयोजना गरिएको अतिरिक्त क्रियाकलापका संयोजक मोहित गुँरागाईले बताउनुभयो । सबै प्रतिस्पर्धी विद्यार्थीलाई मन लगाएर उत्साहका साथ खेल्न उहाँले आग्रह पनि गर्नुभयो । उहाका अनुसार फुटबल र त्रिकेट किर्तिपुर स्थिच ल्याब्रोटोरी स्कुलमा आयोजना हुनेछन भने अन्य खेलहरु कलेजमा नै हुनेछन ।

May be an image of 12 people, street and text

कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का सदस्य सरिला श्रेष्ठ मलेकु, क्याम्पसका सहायक क्याम्पस प्रमुखहरु, शिक्षक शिक्षिका, कर्मचारी तथा कलेजका तथा अन्य महानुभावहरुको समेत सपस्थिती रहेको थियो । चार दिन चल्ने प्रतियोगीता समूहगत, व्यक्तिगत र इ–स्पोर्टसगरी तीनवटा विधामा आयोजना हुनेछन् । समूहगततर्फ बास्केटबल, फुटसल, ब्याटमिन्टन, टेबलटेनिस, टग अफ वार र भलिबल हुनेछ । व्यक्तिगत विधातर्फ ब्याटमिन्टन, क्यारम बोर्ड, चेस, म्याथ क्वीज रेस, म्यूजिकल चेयर, स्लो बाइसाइकल रेस र टेबलटेनिस समावेश गरिएका छन् । त्यसैगरी इ–स्पोर्टसमा क्लास रोयल र इ फुटबल समावेश छन् ।

May be an image of ‎7 people, dais and ‎text that says '‎Madan Bhandari Memorial College (Aftiliated Tribhuvan University) ي Accredited by University Grants Commission ( GC) Nepal, (2025) MBMC Sports MBMCSports Weel Wee/2081 2081 ard, Shintaent,WinHea nt, Win Hea Shin Individu C 3Te‎'‎‎

खेलकुद सप्ताहको अवसरमा आज कलेजले ५००० मिटर महिला र पुरुष दौड प्रतिष्पर्धा आयोजना गरेको थियो । उक्त प्रतिष्पर्धामा पहिलो, दोश्रो र तेश्रो क्रमश, महिला तर्फ सिता गुरुङ, सर्मिला बस्नेत, गायत्री श्रेष्ठ र पुरुष तर्फ गणेश सिह रावत, पवन तामाङ, पवन कुमार शाह, हुनुभयो । विजेताहरुलाई ट्रफि, मेडल, सर्टिफिकेट र नगद दशहजार, पाच हजार र तिनहजार प्रधान गरिएको थियो । कार्यक्रममा स्काउटले मार्च पास समेत गरेको थियो ।

May be an image of 5 people and text