
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा रुसी समकक्षी पुटिनलाई युक्रेनी सेनालाई जोगाउन आग्रह
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग फ्रन्टलाइनमा रहेका युक्रेनी सेनालाई जोगाउन आग्रह गर्नुभएको छ ।
उहाँले दोस्रो विश्वयुद्धपछि कहिल्यै नदेखेको डरलाग्दो अवस्था देखेको भन्दै युक्रेनी सैनिकको ज्यान बचाउन आग्रह गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग निरन्तर छलफल भएको र युद्ध अन्त्यका लागि धेरै राम्रो सम्भावना देखिएको ट्रम्पले आफ्नो ट्रुथ सोशल नेटवर्कमा उल्लेख गर्नुभएको छ ।
अमेरिका र युक्रेनबीच हालै ३० दिने युद्धविरामको योजनाबारे छलफल भएको थियो । लगत्तै ट्रम्पका विशेष दूतले मस्कोमा पुटिनसँग वार्ता गर्नुभएको छ । पुटिनसँग वार्तापछि ट्रम्पको पछिल्लो प्रतिक्रिया आएको हो ।