
अमेरिकामा १७८ जना यात्रु सवार विमानमा आगलागी
काठमाण्डौ । अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानमा आगलागी भएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हिजो साँझ १७२ यात्रु र विमानस्थलमा र चालक दलका ६ सदस्य रहेको उडान १००६ सुरक्षित अवतरण गरिसकेपछि आगलागी भएको हो।
तर विमानका सबै जनालाई तुरुन्तै बाहिर निकालिएकाले कुनै अप्रिय घटना हुन नपाएको अधिकारीहरूले बताएका छन्। आगलागी हुँदा विमानस्थलमा बाक्लो कालो धुवाँ निस्किएको थियो।
विमानस्थलका अधिकारीहरूले आगलागी नियन्त्रणमा लिइसकेको र मानवीय क्षति नभएको बताएका छन्।