वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट स् आज नेपाल र हङकङ खेल्दै

काठमाण्डौ । युगाण्डामा भइरहेको वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले आज हङकङसँग खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो पौने १ बजे सुरू हुनेछ ।

शृङ्खलामा नेपालले अहिलेसम्म खेलेका पाँच खेलमध्ये चार खेलमा पराजित भएको छ । हिजोको खेलमा नेपाल घरेलु टोली युगाण्डासँग ४० रनले पराजित भएको हो । यसअघिको खेलमा नेपालले युगाण्डालाई १ विकेटले पराजित गरेको थियो ।

प्रतियोगिताअन्तर्गत आजै युगान्डा र नामिबिया खेल्नेछन् । शीर्ष २ टोलीले पर्सि आइतवार फाइनल खेल्दा तेस्रो स्थानका लागि खेल्ने टोलीको पनि आजै टुङ्गो लाग्नेछ ।