सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक प्रतिनिधि सभामा पेश

काठमाडौं । ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक,२०८१’ प्रतिनिधि सभामा पेश गरिएको छ ।

बुधबारको प्रतिनिधि सभाको बैठकमा उक्त विधेयक भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सभामा पेश गर्नुभएको हो ।

यसअधि उक्त विधेयकलाई प्रश्तुत गर्न अनुमति माग्ने प्रश्तावमाथि सांसदहरुले विरोधको सूचना दिएका थिए ।

सो सूचना नियणार्थ पेश गर्दा बहुमतले अस्विकृत भए । सरकारले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश’ ल्याएको थियो । उक्त अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा टेबुल गरेको हो ।