
काठमाडौंमा पूर्वराजालाई स्वागतका लागि उर्लियो हजारौँ समर्थकहरूको भिड
काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार पोखराबाट काठमाडौं आउँदा राप्रपा र राप्रपा नेपालसहितका नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका छन्।
आइतबार अपराह्न काठमाडौँ आइपुगेपछि त्रिभुवन विमानस्थलबाहिर निस्कँदा हजारौँ समर्थकहरूले उनको स्वागत गरेका छन्। राष्ट्रिय झन्डा, पूर्वराजा शाहको तस्बिरसहित उनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटबाट पूर्वराजालाई स्वागत गरेका हुन्।
विमानस्थलको मूल गेटबाहिर निस्किएपछि पूर्वराजा शाहले त्यहाँ उपस्थित भएकाहरूलाई अभिवादन गरेका थिए। राजसंस्था समर्थकहरूले ‘हाम्रो राजा, हाम्रो देश, प्राणभन्दा प्यारो छ’, राजा आऊ देश बचाऊजस्ता नाराहरू लगाएका थिए।
बिहानैदेखि राजसंस्थाका समर्थकहरू विमानस्थल वरपर जम्मा भएका हुन्। उनको स्वागत गर्नका विमानस्थलवरिपरि पुग्न राप्रपा र अन्य राजा समर्थकहरूले पनि सर्वसाधारणहरूलाई आह्वान गरेका थिए।
तस्वीरमा हेर्नुस्, पूर्वराजा ज्ञानेन्द्र शाहलाई समर्थकहरूले गरेको स्वागत