ईपीएलमा लिभरपुललाई १६ अङ्कको अग्रता

काठमाण्डौ । इङ्ग्लिस प्रिमियर लिग ( ईपीएल )  फुटबलमा शीर्ष स्थानको लिभरपुलले साउथ्याम्पटनलाई हराएको छ ।

आफ्नो घरेलु मैदान एन्फिल्ड सेटेडियममा गएराति भएको खेलमा लिभरपुलले साउथ्याम्पटनलाई ३–१ गोलले हरायो । लिभरपुलका मोहम्मद सलाहले २ र डार्विन नुनेजले १ गोल गरे । साउथ्याम्पटनका विल स्मलबोनले १ गोल फर्काए ।

यो जीतसँगै लिभरपुलले दोस्रो स्थानमा रहेको आर्सनलसँग १६ अङ्कको अग्रता बनाएको छ । लिभरपुलले २९ खेलमा ७० अङ्क जोड्दा आर्सनलको २७ खेलमा ५४ अङ्क छ ।

यस्तै ईपीएल अन्तर्गत गएराति भएका अरू खेलमा नटिङ्घम फरेस्टले म्यानचेस्टर सिटीलाई, क्रिस्टल प्यालेसले इप्सविच टाउनलाई र एस्टन भिलाले ब्रेन्टफोर्डलाई समान १–० ले पराजित गरेका छन् । यस्तै ब्राइटनले फुलहामलाई २–१ गोलले पराजित गर्दा वुल्भ्स र एभर्टनले १/१ गोलको बरावरी खेलेका छन् ।