
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ सर्वसाधारणका लागि खुला
काठमाण्डौ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला भएको छ । यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो । त्यसमध्ये १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ । यस्तै कम्पनीका कर्मचारीहरूका लागि ३ प्रतिशत र सामूहिक लगानी कोषहरूलाई ५ प्रतिशत पनि बाँडफाँट गरिसकेको छ ।
अहिले सर्वसाधारण लगानीकर्ताका लागि १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर निष्कासन भएको हो । लगानीकर्ताले आउँदो सोमवार फागुन २६ गतेसम्म आवेदन दिन सक्नेछन् ।
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालय र मेरो शेयर एप ९सफ्टवेयर० मार्फत आईपीओमा आवेदन दिन सक्नेछन् ।