
प्रधानमन्त्री ओलीद्वारा निबन्ध लेखनका विजयी प्रतियोगी पुरस्कृत
काठमाण्डौ। राष्ट्रिय युवा सङ्घ नेपाल शिक्षा विभागले जीवनका लागि खेलकुद शीर्षकमा आयोजना गरेएको राष्ट्रव्यापी खुल्ला निबन्ध लेखन प्रतियोगिताका विजेताहरूलाई पुरस्कृत गरिएको छ । प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विजेताहरुलाई पुरस्कार प्रदान गर्नुभयो ।
प्रतियोगितामा दीपिन सिजापति प्रथम हुनुभएको छ । त्यस्तै, मोहन पोखरेल द्वितीय हुनुभएको छ । प्रतियोगितामा समीक्षा दाहाल तृतीय हुनुभएको छ । त्यस्तै, रचना अधिकारी र सन्दीप कुशवाह सान्त्वना पुरस्कार जित्नुभएको छ ।
उहाँहरूलाई एमाले अध्यक्ष ओली र युवा सङ्घ नेपाल सङ्गठनका अध्यक्ष क्षितिज थेवे, सङ्गठनका सचिव एवं शिक्षा विभाग प्रमुख कुवेर अधिकारीले नगद पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभएको युवा सङ्घ नेपालका पदाधिकारीहरुले बताउनुभएको छ ।