सुनको मुल्य ९ सय रुपैयाँले बढ्यो

काठमाण्डौ । सुनको मुल्य आज ९ सय रुपैयाँले बढेको छ । सुनको मुल्य ९ सय रुपैयाँले बढेर तोलाको १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको मुल्य तोलाको १ लाख ६९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । हिजो सुनको मुल्य तोलामा १ हजार ४ सय रुपैयाँले बढेको थियो ।

यस्तै आज चाँदीको मुल्य पनि बढेको छ । चाँदीको मुल्य १० रुपैयाँले बढेर तोलाको १ हजार ९ सय ५० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।