अमेरिकी राष्ट्रपति ट्रम्पले पदभार ग्रहणपछि पहिलो पटक संसदमा सम्बोधन गर्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज संसद भवनमा कंग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्दै हुनुहुन्छ । गएको जनवरीमा पदभार ग्रहण गरेपछि ट्रम्पले पहिलो पटक कंग्रेसलाई सम्बोधन गर्न लाग्नुभएको हो ।

ट्रम्पले युक्रेनलाई सैन्य सहायता रोक्न आदेश दिएको र क्यानडा, मेक्सिको र चीनबाट अमेरिका प्रवेश गर्ने सामानहरूमा कर वृद्धिको घोषणा गरेको २४ घण्टाभन्दा कम समयमा उहाँको सम्बोधन हुन लागेको बीबीसीले जनाएको छ ।

राष्ट्रपतिको साथमा ह्वाइट हाउसका प्रवक्ता माइक जोनसन र उपराष्ट्रपति जेडी भान्स पनि हुनुहुने खबरमा उल्लेख छ । भान्स सिनेटको औपचारिक नेताको रूपमा दोहोरो भूमिकामा हुनुहुन्छ ।

कार्यक्रममा प्रतिनिधिसभा र सिनेट दुवैका डेमोक्रेटिक र रिपब्लिकन सांसदहरू उपस्थित हुनेछन् । यद्यपि डेमोक्याटहरूको समूहले कार्यक्रम बहिष्कार गर्ने बताएका छन् ।

पदभार ग्रहण गरेदेखि नै ट्रम्पले एकतर्फी रूपमा सङ्घीय निकायहरू विघटन गर्ने, हजारौँ सरकारी कर्मचारीहरूलाई बर्खास्त गर्ने, रुसको समर्थनमा युक्रेनी समकक्षीको आलोचना गर्नेलगायतका विवादास्पद क्रियाकलाप गर्दै आउनुभएको डेमोक्याटहरूको आरोप छ । ट्रम्पका सल्लाहकार एलोन मस्क पनि दर्शकका रुपमा संसद भवनमा उपस्थित हुने अपेक्षा गरिएको छ ।