
टीयू क्रिकेट मैदानमा प्यारापिट बनाउन सुरु (फोटो फिचार)
काठमाण्डौ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानको प्यारापिट बनाउन सुरु भएको छ । बीकेओआई-केसीडीसी-बीजी जेभीले टीयू मैदानको प्यारापिट बनाउने गरी ४३ करोड ७७ लाख ३० हजार ११३.०३ मा ठेक्का पाएको थियो ।
उक्त जेभीले आज साइत हेरेर पूजा गरी प्यारापिटको काम सुरुवात गरेको हो । आगामी वैशाख २४ गतेसम्म सक्नेगरी काम अगाडि बढेको कम्पनीका साइट म्यानेजर प्रेम पौडेलले जानकारी दिए । तीन सिफ्टमा काम हुने पौडेलले बताउनुभयो ।