प्रहरी इन्सपेक्टरको लिखित परीक्षाको नतिजा प्रकाशित

काठमाण्डौ । नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्सपेक्टर) को लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ । लोकसेवा आयोगले लिएको लिखित परीक्षाको नतिजा बुधबार प्रकाशित गरिएको हो ।

लोकसेवाका अनुसार लिखित परीक्षाबाट ११९ जनाको नाम अन्तर्वार्ता र कार्यक्रमका लागि छनोट भएको छ । माग संख्या भने खुला र समावेशी गरी ७७ हो ।