
हिमपहिरोमा परी बझाङमा ४२ वटा भेडा मरे
बझाङ । बझाङको साईपाल गाउँपालिकामा हिमपहिरोमा परी ४२ वटा भेडा मरेका छन् । हिमपहिरोमा परी तीन वटा घाइते भएका छन् ।
अस्ति शनिबार दिउँसो १ बजे साईपाल-४ को गुडपाल सामुदायिक वनको ओडारमा गोठ बनाएर भेडा चराइरहेको समयमा बरम डाँडामा हिमपहिरो गएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
भेडीगोठमा रहेका १ सय २५ भेडामध्ये १९ वटा पुरिएको अवस्थामा मरेका भेटिएका छन् । यस्तै घाइते तीन वटाको उद्धार गरेको र २३ वटा पुरिएर हराएका साईपाल गाउँपालिका-४ का जयपाल रोकायाले जानकारी दिनुभयो । बाँकी रहेका भेडाहरूलाई सुरक्षित ठाउँमा सारेको प्रहरीले जनाएको छ ।