
गौतमबुद्ध विमानस्थलमा १ महिनामा ६ हजार यात्रुको आगमन
काठमाण्डौ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट १ महिनामा ६ हजार ८७९ यात्रुको आवागमन भएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार फेब्रुअरी महिनामा कुल ११५ उडान अवतरणमार्फत ती यात्रुको आगमन भएको हो । यसमध्ये फ्लाई दुबईबाट २ हजार ४०३, जजिरा एयरवेजबाट ३ हजार २६५ र थाई एयर एसियाबाट १ हजार ९७ यात्रुको आवागमन भएको थियो ।
त्यस्तै नेपाल एयरलाइन्सका १ र अन्य १३ चार्टर उडानबाट २११ यात्रुको आवागमन भएको विमानस्थल कार्यालयले जनाएको छ । त्रिभुवन विमानस्थलसँग जोडिएर उडान गर्ने नेपाल एयरलाइन्स र फ्लाई दुबईमा ४ हजार ४० ट्रान्जिट यात्रुले हवाई यात्रा गरेका थिए । विमानस्थलमा पछिल्लो समय नियमित उडान भइरहेको र यसले विमानस्थललाई चलायमान बनाएको महाप्रबन्धक तिवारीले बताउनुभयो ।