इटालियन गोलकिपर जियालुजी बुफोन आज नेपाल आउँदै

काठमाण्डौ । विश्वकप विजेता इटालियन गोलकिपर जियालुजी बुफोन आज नेपाल आउँदै हुनुहुन्छ ।

राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा भइरहेको तेस्रो संस्करणको केपी ओली कपको भोलि हुने फाइनल खेलमा प्रमुख अतिथिका रूपमा बुफोन नेपाल आउन लाग्नुभएको हो ।

बुफनले भिडीयोमार्फत् नेपाल आउन लागेको र सबैलाई भेट्न उत्साहित रहेको जानकारी गराउनुभएको छ ।

केपी ओली कपको उपाधिका लागि मच्छिन्द्र एफसी र त्रिभुवन आर्मी क्लबले खेल्ने छन् । दशरथ रङ्गशालामा हिजो भएको दोस्रो सेमिफाइनलमा आयोजक केपी एफसीलाई ४ गोलको फराकिलो अन्तरले हराउँदै मच्छिन्द्र उपाधि नजिक पुगेको हो । त्यस्तै अस्ति भएको पहिलो सेमिफाइनलमा सङ्कटा क्लबलाई २–१ ले हराउँदै आर्मी फाइनलमा पुगेको थियो ।