
सुनको मूल्य आज तोलामा २२ सयले घट्यो
काठमाण्डौ । आज सुनको मूल्य घटेको छ ।
सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले घटेर १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य भने आज स्थिर छ । चाँदी प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।