
केपी ओली कप: पहिलो सेमिफाइनलमा सङ्कटा र आर्मी बेलुका ५ बजे खेल्दै
काठमाण्डौ । केपी ओली कप फुटबलको पहिलो सेमिफाइनलमा आज सङ्कटा एफसी र त्रिभुवन आर्मी क्लब खेल्दैछन् । यो खेल बेलुका ५ बजे त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुनेछ ।
प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भोलि आयोजक केपी ओली एफसी र मच्छिन्द्र एफसी खेल्नेछन् । यसअघि क्वाटरफाइनलसम्मका खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा भएका थिए । सेमिफाइनल र फाइनल खेल भने दशरथ रङ्गशालामा हुन लागेको हो ।
प्रतियोगिताको फाइनल खेल यही फागुन १९ गते हुनेछ । प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।
यसैबीच विश्वकप विजेता इटालियन गोलकिपर जियालुजी बुफोन पर्सि आइतबार नेपाल आइपुग्ने भएका छन् । राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा भइरहेको तेस्रो संस्करणको केपी ओली कपको फाइनलमा प्रमुख अतिथिका रूपमा बुफोन नेपाल आउन लागेका हुन् ।