युरोपियन युनियनबाट आउने सामानमा २५ प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपियन युनियन ९ईयू० बाट आउने सामानमा तत्काल २५ प्रतिशत कर लगाउने चेतावनी दिनुभएको छ । उहाँँले कारलगायत अन्य सबै सामानमा तत्काल कर घोषणा गर्ने दाबी गर्नुभएको हो ।

अमेरिकाले लगाउने यो अनुचित अतिरिक्त महसूलको आफूले दृढताका साथ अनि तत्कालै प्रतिक्रिया जनाउने ईयूले भनेको छ ।

बैठकमा ट्रम्पले मेक्सिको र क्यानडामाथि अहिले रोक्का रहेको अतिरिक्त महसूल फेरि केही समयलाई रोक्ने सम्भावना रहेको उल्लेख गर्नुभएको बीबीसीले जनाएको छ ।

यसमा समयसीमा तोकिएको भए पनि ट्रम्पले आउने दिनमा सीमा सुरक्षामा मेक्सिको र क्यानडाले चाल्ने कदमहरू हेरेर यसमाथि पुनर्विचार गर्ने बताइएको छ ।

अहिले युरोपियन देशले अमेरिकी कारमा १० प्रतिशत भन्सार महसूल लगाएका छन् । यो अमेरिकाले यसअघि युरोपबाट जाने यात्रुवाहक कारमा लगाएको भन्दा चार गुणा बढी हो ।