सामाजिक सञ्जालले समाजको सुखी खोसिरहेको छ: प्रधानमन्त्री ओली

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको दुरुपयोग भइरहेको बताउनु भएको छ। काठमाण्डौमा आजदेखि सुरु भएको डिजिटल अपराध नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो।

प्रधानमन्त्री ओलीले प्रविधिले सुविधा दिएसँगै यसबाट अनुचित लाभ लिन खोज्ने र अपराध गर्नेहरु पनि रहेको बताउनु भयो। प्रविधिको प्रयोग हुनुपर्ने भए पनि यसको दुरुपयोग भइरहेको प्रधानमन्त्री ओलीले बताउनुभयो। उहाँले यही विषय नै आजको मुख्य चुनौती भएको भएको उहाँको भनाइ छ।

प्रधानमन्त्री ओलीले अहिले प्रविधि राज्य र समाजका लागी चुनौती भएको बताउनु भयो। प्रधानमन्त्री ओलीले अहिले प्रविधिको सहायतामा सञ्चालित सामाजिक सञ्जालहरु सभ्य समाज र राज्‍यका लागि अवरोध भएर आएको बताउनुभयो।

प्रधानमन्त्री ओलीले समाजको खुसीका लागि पनि सामाजिक सञ्जालहरू बाधा बनिरहेका बताउनुभयो। ‘मानिसहरू क्षणि रुपमा खुसी भए पनि सामाजिक सञ्जालले समाजको खुसी खोसिरहेको छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो।

प्रविधिको दुरुपयोगले सामाजिक अपराधहरू बढ्‍दै गइरहेको प्रति प्रधानमन्त्री ओलीले चिन्ता व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले अघि भन्नुभयो, ‘विकास भए पनि बेथितिहरू धेरै आइरहेका छन्। थिति बस्न सकेको छैन। त्यसकारण यसबाट बच्न जरूरी छ।’