
आज सुनको मुल्य ८ सय रुपैयाँले घट्यो
काठमाण्डौ । हिजो कीर्तिमान बनाएको सुनको मुल्य आज ८ सय रुपैयाँले घटेको छ ।
सुनको मुल्य ८ सय रुपैयाँले घटेर तोलाको १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको मुल्य अहिलेसम्मकै उच्च तोलाको १ लाख ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मुल्य पनि घटेको छ । चाँदीको मुल्य ३० रुपैयाँले घटेर तोलाको १ हजार ९ सय ४० रुपैयाँ कायम भएको छ ।