सुनको मुल्यमा नयाँ कीर्तिमान आज एकैदिनमा १५०० सय रुपैयाँले बढे्यो

काठमाण्डौ । लगातार बढिरहेको सुनको मुल्यले आज नयाँ कीर्तिमान बनाएको छ । सुन अहिलेसम्मकै उच्च विन्दुमा पुगेर तोलाको १ लाख ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको मुल्य आज हिजोको तुलनामा ५ सय रुपैयाँले बढेको हो । हिजो सुनको मुल्य तोलाको १ लाख ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मुल्य यही फागुन ८ गते र गएको कात्तिक १५ गते अहिलेसम्मकै उच्च तोलामा १ लाख ७१ हजार रुपैयाँ रहेको थियो । सरकारले सुनको आयातमा लाग्ने भन्सार महसूल घटाएसँगै मङ्सिर १० गते एकैदिन तोलामा १५ हजार ९ सय रुपैयाँले घटेको थियो ।

सरकारले गएको मङ्सिर ९ गते सुनको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशतमा झारेको थियो भने चाँदीको पनि भन्सार महसूल दर १५ प्रतिशतबाट १० प्रतिशतमा झारेको थियो । सुनको भन्सार दर घटेसँगै सुनको मुल्यमा पनि उचारचढाव भइरहेको छ ।

यस्तै चाँदीको मुल्य भने आज घटेको छ । चाँदीको मुल्य आज १५ रुपैयाँले घटेर तोलाको १ हजार ९ सय ७० रुपैयाँ कायम भएको छ ।