
श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह
काठमाण्डौ । नेपाली दूतावास बैंककले सरकारद्वारा तोकिएका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान पुनःअनुरोध गरेको छ ।
कम्बोडिया लाओस, म्यानमार र थाइल्याण्डलगायत देशमा नेपाली नागरिक अलपत्र परेका र उद्धारका लागि कठिनाइ भइरहेको उल्लेख गर्दै दूतावासले प्रक्रियाअनुसार वैदेशिक रोजगारीमा जान पुनःआग्रह गरेको हो ।
अनलाइन स्क्यामिङ काममा लगाइएका नेपाली नागरिकलाई नेपाली राजदूतावासले थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको मेवाडीबाट उद्धार गरेको छ ।
दूतावासले हिजो दुई नेपाली नागरिकलाई उद्धार गरेर नेपाल फिर्ता पठाएको हो । दूतावासले कसैको प्रलोभन परी छिटो, धेरै पैसा कमाउने हेतु वैदेशिक रोजगारीमा नजान अनुरोध गरेको छ ।