
काभ्रेमा बस दुर्घटना, १७ जना घाइते
काठमाण्डौ। काभ्रेको काभ्रे भन्ज्याङमा बस दुर्घटना भएको छ । काठमाडौँबाट ओखलढुङ्गाका लागि हिँडेको अरनिको यातायातको बस प्रदेश ३००१–००५ख ९९४२ नम्बरको बस मंगलबार बिहान काभ्रे भन्ज्याङमा दुर्घटना भएको हो जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
सडकको नालीमा पल्टिएर बस दुर्घटना हुँदा बसमा सवार चालक र सह–चालकसहित १७ जना घाइते भएका छन् ।
घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । छ। बसमा २४ जना यात्रु सवार रहेका थिए ।