
सुनको मूल्य आज ५ सय रुपैयाँले बढ्यो
काठमाण्डौ । आजको सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । हिजो प्रतितोला १ लाख ७० हजार ३ सयमा कारोबार भएको सुन आज बढेर १ लाख ७० हजार ८ सयमा रुपैयाँमा कारोबार भएको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । आज चाँदी १ हजार ९ सय ८५ मा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ९ सय ४० अमेरिकी डलरमा कारोबार भईरहेको छ ।