सुनको मुल्य आज ३ सय रुपैयाँले बढ्यो

काठमाण्डौ । सुनको मुल्य आज तोलामा ३ सय रुपैयाँले बढेको छ । अस्ति सुनको मुल्य तोलाको१ लाख ७० हजार रुपैयाँमा कारोबार भएकोमा आज बढेर १ लाख ७० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदीको मुल्य भने आज घटेको छ । चाँदीको मुल्य २० रुपैयाँले घटेर तोलाको १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । अस्ति चाँदीको मुल्य तोलाको १ हजार ९ सय ९० रुपैयाँ रहेको थियो ।