
बालकोटको घर हाम्रो पसिना र मेहनतबाट बनेको हो : प्रथम महिला शाक्य
काठमाडौँ । लेखक तथा प्रथम महिला शाक्यले पनि प्रधानमन्त्री ओली जस्तो देशका लागि रातभरसमेत सक्रिय खट्ने मान्छेका बारेमा अनेक अफबाह र नकारात्मक टिप्पणी गरिएकामा दुःख लाग्ने बताउँदै होच्याउन पाइयो भन्दैमा असत्य हिसाबले होच्याउन नहुने धारणा राख्नुुभयो ।
आफूूले नेपाल राष्ट्र बैँकमा ३३ वर्ष जागिर खाएर बालकोटमा घर जोडेको र अहिले पनि पेन्सनबाट खर्च चलाएको स्मरण गराउँदै उहाँले बालकोटको घरलाई दरबार भनेर प्रचार गर्नेहरुसँग दुःखेसो पोख्नुुभयो ।
“हाम्रो जीवनशैली समान्य नै हो । दुःखी, गरिब र असहायहरुलाई सहयोग गर्न पाउँदा खुसी लाग्छ । जीवनको एक एक हिसाब बुुझाउन म तयार छुु । बालकोटको घर हाम्रो पसिना र मेहनताबाट बनाइएको हो ।’’, प्रथम महिला शाक्यले भन्नुुभयो, “सम्पूर्ण नेपालीले सहजरुपमा लाउन र खान पाउनुुपर्छ भन्ने हिसाबले हामी लागिरहेका छौँ ।’’
‘करुणा पुस्तकले पाठकलाई आत्मविश्वास जगाउँछ’ कार्यक्रममा पुस्तकमाथि टिप्पणी गर्दै वक्ताहरुले प्रधानमन्त्री र प्रथम महिलाका जीवनका आरोह अवरोहमा आधारित पुस्तकले जस्तो सुकै दुःख र कष्टमा पनि आशाको दियो बाल्न सकिन्छ भन्ने सन्देश दिने बताउनुभएको थियो ।
नेकपा (एमाले)का उपमहासचिव एवं साहित्यकार प्रदीपकुमार ज्ञवालीले प्रतिकूूलतामा पनि बाँच्नका लागि पुस्तकले प्रेरणा दिने धारणा राख्नुुभयो । गायिका आनी छोइङ डोल्माले राधिका शाक्यको लेखन र व्यवहार दुवै करुणामय पाइएको अनुुभव व्यक्त गर्नुभयो । लेखक अमर न्यौपानेले पुस्तकबाट प्रधानमन्त्री ओलीको आत्मविश्वास र ढृढ इच्छाशक्ति तथा त्यो प्राप्तिमा राधिका शाक्यको योगदानलाई बुुझ्न सकिने बताउनुभयो ।
कार्यक्रममा प्रधानमन्त्री ओली र प्रथम महिला शाक्यको ३७ औँ विवाह उत्सवमा अवसरमा आयोजकबाट उहाँहरुलाई सम्मान गरिएको थियो ।