
सुनको मुल्य आज ५ सय रुपैयाँले बढेयो
काठमाण्डौ । सुनको मुल्य आज तोलामा ५ सय रुपैयाँले बढेको छ । आज सुनको मुल्य तोलामा ५ सय रुपैयाँले बढेर तोलामा १ लाख ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको मुल्य तोलाको १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदीको मुल्य तोलामा १० रुपैयाँले बढेर १ हजार ९ सय ९५ रुपैयाँ कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको मुल्य तोलाको १ हजार ९ सय ८५ रुपैयाँ रहेको थियो ।