
यस वर्ष ईपीएस भाषा परीक्षाको नयाँ आवेदन खुलाउन ढिलाइ
काठमाण्डौ । यस वर्ष दक्षिण कोरियाली भाषा परीक्षाको नयाँ आवेदन खुलाउन ढिला हुने भएको छ । अघिल्लो वर्ष उत्पादनमूलक क्षेत्रमा पुसमै भाषा परीक्षाको आवेदन खुलोकोमा यस वर्ष अझै केही ढिला हुने भएको हो ।
कोरियाको मानव संशाधन विभागको वेबसाइटमा पनि नेपालसहित केही देशमा रोजगार अनुमति प्रणाली ९ईपीएस० भाषा परीक्षाको आवेदन मिति तय हुन बाँकी रहेको उल्लेख छ । ईपीएस कोरिया शाखाका निर्देशक राजकुमार राई पनि अहिलेसम्म भाषा परीक्षाको कार्यतालिका प्राप्त नभएको बताउनुहुन्छ ।
भाषा परीक्षाको आवेदन खुलाउनुअघि गर्नुपर्ने दुई देशबचीको द्विपक्षीय श्रम सम्झौता नवीकरण पनि बाँकी छ । नेपाल र दक्षिण कोरियाबीच हरेक दुई वर्षमा नवीकरण गर्नुपर्ने श्रम सम्झौता गएको नोभेम्बरमा सकिएको छ । परीक्षाको मिति तय नहुँदा अन्योल बढेको भाषा परीक्षाको तयारी गरिरहेकाहरू बताउँछन् ।
गएको वर्ष १ लाख ६३ हजार जनाले आवेदन दिएकामा १७ हजार ३० जना भाषा परीक्षामा उत्तीर्ण भएका थिए । अहिले ३० हजार जनाभन्दा धेरै नेपाली भाषा परीक्षा पास भएर दक्षिण कोरिया जाने पर्खाइमा छन् । पर्खाइमा रहेकाहरूको सङ्ख्या धेरै भएकाले पनि अर्को परीक्षाको मिति तोक्न ढिलाइ भएको शाखाले जनाएको छ । श्रम मन्त्रालयले पनि आवश्यकताका आधारमा मात्रै परीक्षा सञ्चालन गर्न सुझाव दिएको छ ।