सुनको मुल्य आज १ हजार १ सय रुपैयाँले बढेयो

काठमाण्डौ । सुनको मुल्य आज एकै दिन तोलामा १ हजार १ सय रुपैयाँले बढेको छ । आज सुनको मुल्य तोलामा १ हजार १ सय रुपैयाँले बढेर तोलामा १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको मुल्य तोलाको १ लाख ६९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले बढेर १ हजार ९ सय ८५ रुपैयाँ कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको मुल्य तोलाको १ हजार ९ सय ७० रुपैयाँ रहेको थियो ।