
केपी ओली कपमा २ विदेशीसहित ९ वटा टोलीले खेल्ने
काठमाण्डौ । केपी ओली कप फुटबल प्रतियोगितामा २ विदेशीसहित ९ वटा टोलीले सहभागिता जनाउने भएका छन् ।
राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा यही फागुन ११ देखि १९ गतेसम्म हुने प्रतियोगिता काठमाण्डौको दशरथ रङ्गशाला र ललितपुरको एन्फा कम्प्लेक्सको मैदानमा चल्नेछ ।
प्रतियोगितामा नेपालका मच्छिन्द्र फुटबल क्लब, सशस्त्र प्रहरी बलको एएपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, न्युरोड टिम (एनआरटी), सङ्कटा क्लब र आयोजकको एक टोली रहने भएको छ । यस्तै उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी र भुटानको ट्रस्पोर्ट युनाइटेडले खेल्नेछन् ।
प्रतियोगिताको विजेताले १५ लाख ११ हजार र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।