प्रकृति लम्साल मृत्युबारे राष्ट्रियसभा अध्यक्षद्वारा सरकारको ध्यानाकर्षण

काठमाण्डौ । राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले प्रकृति लम्सालको मृत्युबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

आज बसेको राष्ट्रियसभा बैठकबाटै अध्यक्ष दाहालले सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

सभामा आकस्मिक समयमा सांसदहरूले भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्यूट अफ इन्डष्ट्रियल टेक्नोलोजीमा अध्ययरत छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्युको विषय उठाएका थिए ।

त्यसपछि राष्ट्रियसभा अध्यक्षले सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

यस विषयमा सत्यतथ्य छानबिन गरी यथार्थ अवस्था पहिचान गरी निज छात्रालाई उचित न्याय प्रदान गर्न यथाशीघ्र गम्भीर रूपमा कूटनीतिक पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँ अध्यक्ष दाहालले बातउनुभयो ।

साथै उहाँले उक्त कलेजमा अध्ययनरत नेपाली विद्यार्थीले सुरक्षित वातावरणमा नीर्भिकताका साथ अध्ययन गर्ने वातावरण बनाउन पनि सरकारलाई आग्रह गर्नुभएको छ ।