चन्द्रगिरि नगरपालिकाको कार्यसम्पादन अनुकरणीय : विश्व बैंकका प्रतिनिधि

काठमाण्डौ । विश्व बैंकको दक्षिण एशियाका क्षेत्रीय निर्देशक म्याथ्यु भर्गिससहितको उच्च प्रतिनिधिले काठमाण्डौको चन्द्रागिरि नगरपालिकाले सम्पादन गरिरहेका कामको प्रशंसा गरेका छन् । नगरपालिकाको शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सम्पदा तथा संस्कृति संरक्षणलगायत प्रविधिमैत्री सेवा प्रवाहको अनुकरणीय रहेको उनीहरूको भनाइ छ ।

योजना तर्जुमा, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता व्यवस्थापन, लेखाङ्कन तथा प्रतिवेदन, अनुगमन मूल्याङ्कन तथा लेखापरीक्षण र राजश्व व्यवस्थापनमा संलग्नता र सहभागिता टोलीले सराहाना गर्दै नेपालमा सङ्घीयता कार्यान्वयनपछिको तीन तहका सरकाबीचको समन्वय र सहकार्यका बारेमा जिज्ञासासमेत राखेको थियो ।

विश्व बैंकको दक्षिण एशियाका क्षेत्रीय निर्देशक भर्गिसले चन्द्रागिरि नगरपालिकाले सम्पादन गरिरहेको सेवा प्रवाहको अनुभव अन्यत्रका लागि अनुकरणीय हुने बताउनुभयो । नेपाल भ्रमणका क्रममा चन्द्रागिरि नगरपालिकाका गतिविधिका बारेमा जानकारी लिन पाउनु आफ्ना लागि ऐतिहासिक क्षण रहेको उहाँको भनाइ छ ।