कुम्भमेलाबाट फर्किँदै गर्दा तीर्थालु चढेको गाडी दुर्घटना हुँदा रुपन्देहीका ३ जनाको मुत्यु

काठमाण्डौ । रुपन्देहीको देवदह नगरपालिकाबाट भारतको कुम्भमेला स्नान गर्न गएका तीर्थालु चढेको गाडी दुर्घटना हुँदा ३ जनाको मुत्यु भएको छ ।

कुम्भमेलाबाट फर्किँदै गर्दा बिहान भारत उत्तर प्रदेशको आजमगढ वाराणसी सडकको डिभाइडरमा ठोक्किएर गाडी दुर्घटना हुँदा ३ जनाको मुत्यु भएको देवदह नगरपालिका प्रवक्ता गणेश डुम्रेले जानकारी दिनुभयो ।

उहाँका अनुसार मुत्यु हुनेहरूमा देवदह नगरपालिका वडा नम्बर ९ का ४५ वर्षीय गणेश खनाल, उहाँकी श्रीमती ३५ वर्षीय दीपा खनाल र वडा नम्बर ९ कै ४० वर्षीया गीता शर्मा रहेका छन् ।

दुर्घटनामा चालकसहित ५ जना घाइते भएका छन् । घाइतेहरूको गोरखपुरमा उपचार भइरहेको छ ।