
सुर्खेतको वीरेन्द्रनगरमा आजदेखि कर्णाली उत्सव
काठमाण्डौ । आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली उत्सव ‘कुडा कर्णालीका’ सुरू हुँदैछ । ३ दिनसम्म चल्ने उत्सवको छैटौं संस्करणमा उच्च शिक्षा, अनुसन्धान र विकास, कर्णालीमा महिला आन्दोलन, खस भाषामा युवाहरुको सक्रियता, नारी नेतृत्व, स्याउ खेती, अर्थतन्त्र, सङ्घीयता, मधेश र कर्णाली प्रदेशको सम्बन्ध, जिल्ला सदरमुकामका इतिहास, वीरेन्द्रनगर उपत्यकाको इतिहास र वर्तमान अवस्था, राजनीतिमा सक्रियता, खेलकुदजस्ता विषयमा समूहमा छलफल गरिने आयोजकले जनाएको छ ।
उत्सवका क्रममा हरेक दिन विद्वत प्रवचन, पैकेलो, साङ्गीतिक साँझ हुनेछ । यसअघि बुलबुले उद्यानमा हुने उत्सव यो वर्ष भने सिटी हलको प्राङ्गणमा हुने आयोजक ऋति फाउन्डेसनले जनाएको छ ।