
सुनको मुल्य आज तोलामा २ हजार ७ सय रुपैयाँले घट्यो
काठमाण्डौ । सुनको मुल्य आज २ हजार ७ सय रुपैयाँले घटेको छ । भाउ घटेर सुन आज तोलामा १ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।अस्ति शुक्रवार सुनको मुल्य तोलाको १ लाख ७० हजार २ सय रुपैयाँ थियो ।
यस्तै आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार ९ सय ५५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । अस्ति शुक्रबार चाँदीको मुल्य तोलाको १ हजार ९ सय ७० रुपैयाँ थियो ।