
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तरको कार्यक्रम रहेको छ ।
संघीय संसद सचिवालयका अनुसार बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।
आजको बैठकमा प्रधानमन्त्रीलाई सरकारले गरिरहेका काम,जनजीविका र सामयिक विषयवश्तु माथी साँसदहरुले प्रश्न गर्नेछन् । प्रधानमन्त्रीले साँसदहरुका ति प्रश्नको जवाफ दिनुहुनेछ ।
बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसुची पनि रहेको छ ।