देशका धेरै ठाउँको मौसम सफा

काठमाण्डौ । काठमाण्डौ उपत्यका सहित देशका धेरै ठाउँको मौसम आज मुख्यतया सफा रहेको छ ।

तराईको केही ठाउँमा बिहान हुस्सु र कुहिरो लागे पनि दिउँसो हटेर मौसम सफा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा भने आंशिक बदलीको अवस्था रहेको छ ।

महाशाखाका अनुसार यस क्षेत्रको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ ।

आज काठमाण्डौ उपत्यकाको न्युनतम तापक्रम ५ देखि ७ डिग्रिसम्म झर्न सक्ने र अधिकतम तापक्रम २१ देखि २३ डिग्रिसम्म पुग्न सक्ने अनुमान रहेको महाशाखाले जनाएको छ ।