पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा ३ हजार बढी दौडने

पोखरा । १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका विभिन्न विधामा गरि ३ हजार बढीले दौडने भएका छन्।

नेपाल भूतपूर्व खेलाडी मन्चको आयोजना शनिबार म्याराथन हुँदैछ। मन्चले आज पत्रकार सम्मेलनमा गर्दै अलग अलग विधामा ३ हजार १ सय ७५ जनाले नाम दर्ता गरेको जानकारी दिनुभयो।

म्याराथनमा नेपाल, भारत, चीन, अमेरिका, केन्यालगायत २१ देशका ८० विदेशीसहित १ सय ५० धावकले म्याराथनमा नाम दर्ता गरेको जानकारी दिनुभयो।त्यसमा ८ महिला र बाँकी पुरुषले प्रतिस्पर्धा गर्नेछन्।

हाफ म्याराथनमा महिलातर्फ १० देशका ४०, पुरुषतर्फ ११ विदेशीसहित १ सय १० धावकले प्रतिस्पर्धा गर्नेछन्। १० किमी दौड पुरुषमा ११ देशका २ सय ११ र महिलामा ११ विदेशीसहित १ सय ९ ले प्रतिस्पर्धा गर्नेछन ।

त्यस्तै ५ किमी दौड भेट्रान्समस महिला पुरुष गरि ६० जना , ५ किमी छात्रामा १ हजार ४ सय ७० र छात्रामा १ हजार २५ गरि ३ हजार १ सय ७५ छन् । रनफर फनमा झन्डै ७ हजारको सहभागिता रहने आयोजकको अनुमान छ।

विगतमा भन्दा रुट केहि परिवर्तन गरिएको मन्चका पूर्व अध्यक्ष तेज गुरुङले जानकारी दिए। पोखरा रंगशालामा ७ बजे सुरु हुने म्याराथन पोखरा महानगरपालिकाका विभिन्न भाग हुँदै हल्लन चोक पुगेर टुंगिनेछ। म्यापोखरा अन्तर्राष्ट्रिय म्याराथनमा ३ हजार बढी दौडने म्याराथनपछि हरेक विधाको दौड ५र ५ मिनेटपछि सुरु हुनेछ।

पोखरा म्याराथको विजेताले ५ लाख, दोस्रोले ३ लाख र तेस्रोले २ लाख रुपैयाँ प्राप्त गर्नेछन्। आठौं स्थानकाले नगद पुरस्कार पाउनेछन्। कुल पुरस्कार २१ लाख ३४ हजार रुपैयाँ रहेको छ।

खुला म्याराथन र महिला हाफ म्याराथनमा चिप्सको प्रयोग गरिने बताइएको छ। त्यसका लागि धरान रनका परिकल्पनाकार तथा नेपाल रन युकेका अध्यक्ष सन्तोष सहयोगको वातावरण बनाएका हुन् ।

पोखरा म्याराथको गण्डकी प्रदेश सरकार, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी, प्रदेश खेलकुद परिषद गण्डकी मुख्य सहयोगी संस्थाको रुपमा रहेका छन् ।