पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान गर्दै हिमालयन एअरलाइन्स

पोखरा । हिमालयन एअरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान गर्ने घोषणा गरेको छ ।

एअरलाइन्सले आफ्नो फेसबुक पेजमार्फत् नेपालको पर्यटन राजधानीलाई विश्वको छाना ल्हासासँग जोड्न लागिएको जनाएको छ। मार्चदेखि साप्ताहिक उडान सुरु हुने र हिमालय एयरलाइन्ससँग उड्न तयार हुने बातउनुभयो ।

पोखराका मेयर धनराज आचार्यले पोखराबाट ल्हासाका लागि पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन हुनु अन्तर्राष्ट्रिय उडानको क्षेत्रमा ऐतिहासिक उपलब्धि रहेको बताएका छन् ।

चिनियाँ सरकारले आफ्ना नागरिकहरूका लागि घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२५ र हामीले मनाउँदै गरेको पोखरा भ्रमण वर्ष २०२५ को सफलताका लागि यो महत्त्वपूर्ण कदम भएको उहाँले बातउनुभयो ।

यस अवसरलाई पर्यटन प्रवर्द्धनका लागि सदुपयोग गर्न पर्यटन व्यवसायीहरू, सरोकारवालाहरू तथा सम्पूर्ण पोखरेली जनसमुदायलाई आग्रह गर्दछु । उत्तरी छिमेकमा औपचारिक उडान सुरु भएको र दक्षिणतर्फ आवश्यक पहल गर्न उहाँले आग्रह गर्नुभयो ।