काठमाडौँको साँखुमा स्कुल बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ४० घाइते

काठमाडौँ- काठमाडौँको साँखुस्थित कात्तिकेमा स्कुल बस दुर्घटनामा परी ३ जना विद्यार्थीको मृत्यु भएको छ।

चाबहिलस्थित एसएस एकेडेमीको बा२ख ७९५८ नम्बरको बस दुर्घटनामा परेको हो। नगरकोटमा पिकनिक मनाएर फर्किएका स्कुल व्यवस्थापक, शिक्षक र विद्यार्थीसहित ४० जना घाइते भएका छन्।

सुशांक डोटेलको शंखरापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरी प्रवक्ता एसपी अपिलराज बोहराले एनएमसी अस्पतालमा एक जना र त्रिवि शिक्षण अस्पतालमा एक जनाको उपचारको क्रममा मृत्यु भएको बताउनुभयो।

यी हुन् घाइते
पिपुल्स लाइफ केयर अस्पतामा  उपचारार्थ घाइतेहरू

१) फिलिप लामा, वर्ष १०
२) प्रज्ज्वल थापा, वर्ष १०
३) भीम तामाङ, वर्ष ११
४) राम पररियार, वर्ष  १६
५) सुजन मगर, वर्ष १६
६) सिरिसा सुवेदी, वर्ष १२
७) प्रकाश बम, वर्ष १६
८) साधन विष्ट, वर्ष १२
९) आराध्या शाह, वर्ष १०
१०) आशिष तामाङ, वर्ष १५
११) स्नेहा राई, वर्ष २१
१२) गंगा ज्योति, वर्ष ४२
१३) रञ्जित थापा, वर्ष १३
१४) सुहाना गुभाजु, वर्ष  १३
१५) श्रीशान्त पौडेल, वर्ष १५
१६) कल्पना रेग्मी, वर्ष ३२
१७) विकल्प श्रेष्ठ, वर्ष १०
१८) नाइस्का पाण्डे, वर्ष २३
१९) सुविता तामाङ, वर्ष १४
२०) निशान्त पौडेल, वर्ष १४
२१) सौगात मगर, वर्ष १४
२२) अबित खान, वर्ष १०
(२ जनाको नामवली आउन बाँकी)

शंखरापुर अस्पतालमा उपचार्थ
१)आदित्य सुनार, वर्ष १२/१३
२) धीरज साउद, वर्ष १४
३) सन्देश गिरी, वर्ष १३