![](https://radioshwetashardul.org/wp-content/uploads/2025/02/1653385777_coca-cola.jpg)
अमेरिकामा धेरै उत्पादन प्लास्टिकका बोतलमा बेच्नुपर्ने अवस्था आउन सक्छ : कोका–कोला
एजेन्सी । बहुराष्ट्रिय कम्पनी कोकाकोलाले अमेरिकामा आफ्ना धेरै उत्पादनहरू प्लास्टिकका बोतलमा बेच्नुपर्ने अवस्था आउने बताएको छ ।
लगानीकर्ताहरूसँगको कुराकानीमा कम्पनीका प्रमुख कार्यकारी जेम्स क्विन्सेले राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको थप करका कारण आल्मुनियमको डिब्बा महँगो हुँदा प्लास्टिकका बोतलको प्रयोग बढाउनुपर्ने बताउनुभएको हो ।
राष्ट्रपति ट्रम्पले अमेरिकामा भित्रिने सबै स्टील र आल्मुनियममा २५ प्रतिशत आयात कर लगाउने आदेश दिुभएको छ । ट्रम्पको आदेशले अमेरिकामा डिब्बामा बन्द खाना र पेय पदार्थहरूको मूल्य बढ्न सक्ने बीबीसीले जनाएको छ ।
गएको डिसेम्बरमा कम्पनीले सन् २०३० सम्ममा प्याकेजिङमा ५० प्रतिशत पुनः प्रयोगमा ल्याइएका सामग्रीहरू प्रयोग गर्ने आफ्नो लक्ष्यलाई घटाएर २०३५ सम्ममा ३५ देखि ४० प्रतिशतमा पुर्याउने बताएको थियो ।
वातावरणीय समूहहरूले लगातार ६ वर्षदेखि कोका–कोलालाई विश्वमा सबैभन्दा धेरै प्लास्टिक प्रदूषण गर्ने कम्पनीका रूपमा उल्लेख गरेका छन् ।
पछिल्ला वर्षहरूमा कोका–कोलाले आल्मुनियमका क्यानको प्रयोग बढाएको छ । आल्मुनियमका क्यानहरू महँगो भए पनि पुनः प्रयोगमा ल्याउन सकिन्छ ।