शेयर बजार सामान्य बढ्यो

काठमाण्डौ । शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १.८६ अङ्कले बढेर २ हजार ६ सय ८५.७३ विन्दुमा पुगेको छ ।

आज बैंक, होटल, जलविद्युत्, उत्पादन, माइक्रोफाइनान्स, म्युचल फन्ड, निर्जीवन बीमा, अन्य र व्यापार बाहेक अरू समूहको शेयर बढेको छ । आज विकास बैंक, फाइनान्स र लगानी समूहको शेयर १ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

आज गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार सामान्य बढेको दिन उपकार लघुवित्त र सुपर माई हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

आज कारोबार रकम पनि बढेको छ । हिजो ७ अर्ब २४ करोडको शेयर कारोबार भएकोमा आज ३ सय ७ वटा कम्पनीका १ करोड ५५ लाख कित्ता शेयर ८ अर्ब ७१ करोड रुपैयाँमा किनबेच भएको छ ।