
बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुट्दा सडक डुबानमा
काठमाण्डौ । काठमाण्डौको बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुटेको छ । पाइप फुटेपछि अहिले त्यहाँ वरपर रहेका सरकारी कार्यालयसमेत डुबानमा परेका छन् ।
काठमाण्डौ महानगर प्रहरीका कार्यबाहक प्रमुख एसपी विष्णु जोशीका अनुसार काठमाण्डौ जिल्ला अदालत अगाडि पाइप फुटेको हो ।
वन परिसर, विशेष अदालत, जिल्ला अदालत लगायतका सरकारी कार्यालयमा बाढी पसेको छ । उहाँका अनुसार यो पाइप फुटेपछि काठमाण्डौको खानेपानी नेटवर्क अवरुद्ध हुनेछ । अहिले बबरमहलमा नेपाल प्रहरी, काठमाण्डौ महानगर प्रहरीको टोली खटिएको छ ।