सुनको मूल्य आज २ हजार ७०० रुपैयाँले घट्यो

काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोको तुलनामा सुनको मूल्य घटेर कारोबार भएको हो ।

मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि हिजो सुनको मूल्य तोलामा १ लाख ७० हजार २०० रुपैयाँ कायम भएको थियो ।

यसैबीच हिजो तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज घटेर १ हजार ९३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।