सिलिन्डर विस्फोट हुँदा घाइते भएकामध्ये दुई जनाको ज्यान गयो

काठमाण्डौ । काठमाण्डौको कमलपोखरीस्थित शान्दार मःम पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएकामध्ये दुई जनाको ज्यान गएको छ ।

कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा मकवानपुरको मनहरि गाउँपालिका–५ का १८ वर्षीय रविन राई र उदयपुरको कटारी नगरपालिका–८ का २५ वर्षीयका भीमबहादुर घलेमगरको गएराति ज्यान गएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

गएको बिहीबार बिहान मःम पसलको ग्यास विस्फोट हुँदा १४ जना घाइते भएका थिए । तीमध्ये ११ जना घाइतेको उपचार भइरहेकोमा दुई जनाको ज्यान गएको हो । घाइते नौ जनाको कीर्तिपुरमा नै उपचार भइरहेको प्रहरीले जनाएको छ ।